नेभिगेशन

नेपाल ‘ए’ क्रिकेट टोलीको लगातार तेस्रो हार

काठमाण्डाै – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीले एकदिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बेहोरेको छ । डार्विनमा आज भएको खेलमा नेपाल ‘ए’ न्युजिल्यान्ड ‘ए’ सँग २ विकेटले पराजित भयो ।

नेपाल ‘ए’ ले दिएको २१२ रनको लक्ष्य न्युजिल्यान्ड ‘ए’ ले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायो । न्युजिल्यान्ड ‘ए’ का रिस मारियुले १३७ रन बनाए । नेपाल ‘ए’ का रिजन ढकाल, शाहब आलम र युवराज खत्रीले २/२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले ५० ओभरमा सबै विकेट गुमाएर २११ रन बनायो । नेपाल ‘ए’ का पवन सर्राफले ६१, लोकेश बलमे ४७ रन बनाए । न्युजिल्यान्ड ‘ए’ का म्याथ्यु फिशरले ४ विकेट लिए ।

यसअघि नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा तास्मानियासँग २ विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग १३८ रनले पराजित भएको थियो ।

प्रकाशित मिति:
थप खेलकुद