नेभिगेशन

‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री

काठमाण्डाै – मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई प्रदान गर्ने भएको छ ।

गुठीले यसअघि छानिएका १० पुस्तकमध्ये जोशीको पुस्तकलाई मदन पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो ।

यस वर्ष मदन पुरस्कारका लागि शीर्ष १० मा ’नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ सहित केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’ , ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ छानिएका थिए ।

त्यस्तै गुठीले झन्डै ६ दशकदेखि गीत लेखनमा समर्पित किरण खरेललाई जगदम्बा–श्री दिने निर्णय गरेको छ ।

प्रकाशित मिति:
थप कला