नेभिगेशन
बिहीबार, असोज २९, २०८३

कक्षाकोठामा कथावाचन शैलीलाई प्रभावकारी बनाउन कथा भन्ने प्रतियोगिता


काठमाण्डौ – विद्यालयमा कथावाचन शैलीलाई थप प्रभावकारी र रचनात्मक बनाउने उद्देश्यले सातौँ राष्ट्रिय कथावाचन प्रतियोगिता भएको छ ।

प्रारम्भिक बाल विकासको क्षेत्रमा काम गर्ने  संस्था ‘ईसीएपी नेपाल फाउन्डेसन’को आयोजनामा प्रतियोगिता भएको हो । देशभरका बाल शिक्षकहरु सहभागी प्रतियोगितामा लक्ष्मीकुमारी भुजेल पहिलो, सन्ध्या मिजार दोस्रो, जानुका कँडेल तेस्रो, रश्मिता नापित चौथो र सन्दिपा पौडेल पाँचौं हुनुभएको छ ।

प्रतियोगितामा देशभरबाट एक सयभन्दा धेरै शिक्षक तथा कथावाचकहरूले आफ्नो कला प्रदर्शन गरेका थिए । विद्यालयका कक्षाकोठाहरूमा कथावाचन शैलीलाई थप प्रभावकारी र रचनात्मक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थाकी संस्थापक तथा कार्यक्रम सञ्चालक बिमला गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
थप कला