नेभिगेशन
आइतबार, असोज २५, २०८३

जाेशीलाई मदन पुरस्कार र खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान

काठमाण्डाै – मदन पुरस्कार गुठीले २०८२ सालकाे मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान गरेकाे छ ।

गुठीले आज ललितपुरमा एक कार्यक्रमका बीच ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तककी लेखिका वीणा जोशी (राजभण्डारी) लाई मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गरेको छ ।

जोशीकाे पुस्तकमा काठमाण्डाै उपत्यकाभित्र लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवीदेवताका मुकुण्डो नाच र तिनका गुरुहरूको इतिहास समावेश  छन् ।

खरेल ६ दशकभन्दा धेरै समयदेखि नेपाली गीत लेखनको क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

प्रकाशित मिति:
थप कला