नेभिगेशन
शुक्रबार, असोज ३०, २०८३

नेपाली नृत्य विद्यामा पहिलो पीएचडी रघुवंशीलाई

काठमाण्डाै – क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष ललितपुरका स्वजन रघुवंशीले नेपाली नृत्य विद्यामा विद्यावारिधि हासिल गर्नुभएको छ ।

उहाँले भारतको छत्तीसगढकाे खेरागढमा रहेकाे राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गर्नुभएको हो । नेपाली नृत्य विषयमा विद्यावारिधिको उपाधि हासिल गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।

रघुवंशीले नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यमलगायत विभिन्न नृत्यशैलीमा अध्ययन, प्रशिक्षण प्रस्तुत गर्नुभएको थियो ।

उहाँले काठमाण्डाैमा रहेकाे सृजना कलेज अफ फाइन आर्ट्सबाट नृत्यमा स्नातक तथा भारतको बनारस हिन्दू विश्वविद्यालयबाट भारतनाट्यम नृत्यमा स्नात्तोकत्तर गर्नुभएको छ ।

प्रकाशित मिति:
थप कला