नेभिगेशन

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि आंशिक बन्द

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ । मुग्लिनबजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाडी आवागमन आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

प्रशासनका अनुसार कृष्णभीरमा सडक मर्मत काम भैरहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान गर्न लागिएको हो । कार्यालयका अनुसार नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि साढे ८ बजे, साढे १० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि साढे १ बजे, साढे ३ बजेदेखि ४ बजे र बेलुका ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ ।

यसबाहेकको समय गाडी रोकेर काम हुने सूचनामा उल्लेख छ । तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्छ । सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागिएको हो ।

प्रकाशित मिति:
थप समाज