नेभिगेशन

नेपाल, तिमी एक्लाे छैनाै : यूईएफए

काठमाण्डाै – युरोपेली फुटबलको नियामक निकाय यूईएफएले नेपालमा भदौ १० गते गएको बाढीका पीडितप्रति ऐक्यबद्धता जनाएको छ ।

यूईएफएले नेपालका बाढी पीडितकाे सम्झनामा यो हप्ता हुने च्याम्पियन्स लिगका सबै खेलअघि एक मिनेट मौनधारण गर्ने जनाएको छ । त्यस क्रममा ‘नेपाल, तिमी एक्लो छैनौ’ सन्देश लेखिएको ब्यानर पनि प्रदर्शन हुनेछ ।

यूईएफएका अध्यक्ष अलेक्जेन्डर चेफेरिनले विपदमा परेका नेपालीप्रति आफ्नो संस्थाको ऐक्यबद्धता रहेको बताउनुभएको छ ।

यसअघि स्पेनी क्लब बार्सिलोना, रियल मड्रिडलगायतले पनि खेलअघि नेपालका बाढी पीडितको सम्झनामा मौनधारण गरेको थियो । 

प्रकाशित मिति:
थप खेलकुद