नेभिगेशन

धादिङको परेवाभीर खण्डमा दुईतर्फी गाडी चल्न थाल्यो

काठमाण्डौ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारकोबीचमा पर्ने परेवाभीर खण्डमा दुईतर्फी गाडी चल्न थालेका छन् ।

भदौ १० गते बुधबार आएको बाढीका कारण सडक क्षतिग्रस्त भई आवागमन अवरुद्ध भएको थियो । मर्मतपछि यो सडक खण्डमा गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सडकमा थुप्रिएको अवरोध हटाएपछि हिजो सोमवार बेलुकादेखि निर्वाध रूपमा दुईतर्फी गाडी चल्न थालेका हुन् । लामो समय यो खण्ड अवरोध हुँदा यात्रु र चालकलाई सास्ती भएको थियो ।

परेवाभीर खण्डमा शनिबार, आइतबार र हिजो सोमबार बिहानदेखि बेलुका ६ बजेसम्म गाडी बन्द गरी मर्मत कार्य गरिएको हो । त्रिशूली नदीमा आएको बाढीका कारण गजुरी गाउँपालिका–२ परेवाभीरको सडकमा पनि क्षति पुगेको थियो ।

यस्तै चरौँदी नदीको कृष्णभीरमा पनि अवरुद्ध सडक खुलाउने गरी काम भैरहेको छ । कृष्णभीरमा गाडी चल्न सक्ने गरी खुलाउन अझै केही दिन लाग्ने सडक विभागले जनाएको छ । 
 

प्रकाशित मिति:
थप समाज