नेभिगेशन

एनभीएल : खप्तडलाई हराउँदै मधेशको पहिलो जीत

काठमाण्डाै – नेपाल भलिबल लिग (एनभीएल) मा मधेश वारियर्सले पहिलो जीत हासिल गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा मधेशले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई ३–० सोझो सेटमा हरायो । मधेशले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२३ ले जित्यो ।

मधेश यसअघि लगातार तीन खेलमा पराजित भएको थियो । यस्तै खप्तडको यो लगातार तेस्रो हार हो ।

प्रतियोगितामा अहिले बेलुकी ७ बजे सगरमाथा स्म्यासर्स र काठमाण्डौ रेड्स खेल्दैछन् ।

६ वटा टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो २८ गते आइतवार हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद