नेभिगेशन

एनभीएलमा काठमाण्डौ रेड्सको दोस्रो जित

काठमाण्डौ – नेपाल भलिबल लिग (एनभीएल) मा काठमाण्डौ रेड्सले दोस्रो जित निकालेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा हिजो बेलुका भएको खेलमा काठमाण्डौले सगरमाथा स्म्यासर्सलाई ३–१ ले हराएको हो । काठमाण्डौले सगरमाथालाई २५–१२, २२–२५, २५–१८ र २५–२० ले जितेको हो ।

सगरमाथाको चौथो खेलमा यो लगातार दोस्रो हार हो । यसअघि कर्णालीले सगरमाथालाई प्रतिस्पर्धात्मक खेलमा ३–२ ले हराएको थियो ।

त्यस्तै सगरमाथाले पहिलो खेलमा मधेशलाई ३–१ तथा खप्तड फाल्कन्सलाई ३–० ले हराएकोे  थियो । ६ वटा टोली सहभागी पहिलो संस्करणको एनभीएल विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यही २८ गते हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद