नेभिगेशन

एसीसी प्रिमियर कपमा ओमानसँगको खेलमा नेपाल १४७ रनमा अलआउट

काठमाण्डौ – मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपाल ओमानसँग १४७ रनमा अलआउट भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए ।

बसिर अहमदले ४७ रनको योगदान दिए । दीपेन्द्र र बसिरबीच ९३ रनको साझेदारी भएको थियो । देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन खर्चिएर ३ विकेट लिए । हस्नैन शाहले ८ ओभर ४ बलमा २८ रन दिँदै ३ विकेट लिए ।

मुहम्मद इमरानले २ विकेट लिए भने शकील अहमद र मुजिबुर अलीले १–१ विकेट लिए । ओमानले केही बेरमा १४८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ शुरु गर्दैछ । 

प्रकाशित मिति:
थप खेलकुद