नेभिगेशन
शुक्रबार, भदौ २६, २०८३

एनभीएलको फाईनल प्रवेशका लागि आज काठमाण्डौ र कर्णाली खेल्दै

काठमाण्डौ – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) को फाइनल प्रवेशका लागि आज काठमाण्डौ रेड्स र कर्णाली शिवराजले खेल्दैछन् ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेल बेलुकी ६ बजे हुनेछ । एनभीएलमा काठमाण्डौ र कर्णाली दुवै  जित्ने दाउमा छन् । लिग चरणमा पाँच–पाँच खेल खेलेका दुवै टोलीले चार खेलमा जित र एक खेलमा हार व्यहोरेका छन् ।

लिग चरणमा काठमाण्डौले कर्णालीलाई ३–२ सेटले पराजित गरेको छ ।

काठमाण्डौ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ ।आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजौ नै फाइनलमा पुगिसकेको छ । नेपालमा पुरुष भलिबलको ‘फ्रेन्चाइज’ लिग पहिलोपटक आयोजना गरिएको हो । 

प्रकाशित मिति:
थप खेलकुद