नेभिगेशन
शनिबार, भदौ २७, २०८३

लुइस हलले न्युक्यासलसँग सन् २०३१ सम्मका लागि नयाँ सम्झौता गरे

काठमाण्डाै – न्युकासल युनाइटेडका डिफेन्डर लुइस हलले क्लबसँग सन् २०३१ सम्म कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् ।

म्यानचेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इङ्ग्ल्यान्डका २२ वर्षीय खेलाडीले आफ्नो साविकको सम्झौतामा २ वर्ष थप गर्न सहमति जनाएका हुन् ।

क्लबको बाल्यकालदेखिकै समर्थकका रूपमा आफ्नो बसाइ लम्ब्याउन पाउनु वास्तवमै गर्वको क्षण भएको हलले बताएका छन् । सन् २०२३ मा चेल्सीबाट न्युकासलमा आबद्ध भएयता उनले क्लबका लागि १०६ खेल खेलेका छन् ।

न्युकासलका लागि यो गर्मीयाम खेलाडीहरूको आगमन र बहिर्गमन दुवै हिसाबले व्यस्त रह्यो तर लुइस हललाई टोलीमा पक्का गर्नु विशेषगरी महत्त्वपूर्ण कदम हो ।

हलले आफ्नो खेलको रक्षात्मक पक्षमा सुधार गरेका छन् र आफ्नो उत्कृष्ट लयमा हुँदा उनले च्याम्पियन्स लिगमा बार्सिलोनाका स्टार लामिन यामाललाई समेत ‘ओपन प्ले’ अर्थात् खेलको सामान्य अवस्थामा रोक्न सक्ने क्षमता प्रमाणित गरेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद