नेभिगेशन
शनिबार, भदौ २७, २०८३

एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई खेल्दै

काठमाण्डौ – मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई खेल्दैछन् । फाइनल नेपाली समयअनुसार अहिले बिहान सवा ७ बजे शुरु हुनेछ ।

आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै २०२७ को एकदिवसीय एसिया कपमा पनि छनौट हुनेछ । सन् २०२३ को फाइनलमा पनि नेपाल र यूएई खेलेका थिए । त्यसबेला नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच अहिलेसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । नेपालले ११ खेल जित्दा यूएईले ८ खेल जितेको छ । यदि नेपालले उपाधि जिते दोस्रो पटक एकदिवसीय एसिया कप खेल्नेछ ।

सन् २०२३ को एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो । नेपाल र यूएई दुवै इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भैसकेका छन् । 

प्रकाशित मिति:
थप खेलकुद