नेभिगेशन
शनिबार, भदौ २७, २०८३

नेपालले यूएईलाई दियो ३१४ रनको लक्ष्य

काठमाण्डौ - एसीसी प्रिमियर कपको फाइनल जीतका लागि नेपालले यूएईलाई ३१४ रनको लक्ष्य दिएको छ । 

मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको हो । नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले १०६ बलमा १०२ रन बनाए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। 

अर्का ओपनर अर्जुन कुमालले ४३ रन बनाएर रनआउट भए। त्यस्तै गुल्सन झाले ५२, रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८ र इशानले पाण्डे १३ रन बनाए । सन्दीप जोराले ७ र बसीर अहमदले नटआउट १५ रन बनाए । 

बलिङतर्फ यूएईका इब्रार अहमदले ४ विकेट लिए । खुजाइमा बिनले २ तथा हैदर अली र अदीब उस्मानीले १/१ विकेट लिए । आजको फाइनल जित्ने टोलीले सन् २०२७ मा हुने एक दिवसीय एशिया कपमा स्थान बनाउनेछ । 

प्रकाशित मिति:
थप खेलकुद