नेभिगेशन
सोमबार, भदौ २९, २०८३

श्रीलंकालाई हराउँदै महिला टी–२० एशिया कपको उपाधि भारतले जित्यो

काठमाण्डौ - भारतले साबिक विजेता श्रीलंकालाई ७२ रनले पराजित गर्दै महिला टी–२० एशिया कपको उपाधि जितेको छ । 

दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । भारतका लागि शेफाली बर्माले ३९ बलमा ६८ रन तथा स्मृति मन्दनाले ५० बलमा ५९ रनको योगदान दिइन् । 

१८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले शुरुवातदेखि नै भारतीय बलरको दबाब सामना गर्नुपरेको थियो । श्रीलंकाको टोली १८ ओभर ४ बलमा १११ रनमै अलआउट भयो । कप्तान चामारी अथापाथ्थुले सर्वाधिक ३६ रन बनाइन् । 

यी दुई टोलीबीच भएका सात फाइनलमध्ये भारतले छैटौँ पटक उपाधि जितेको हो ।
 

प्रकाशित मिति:
थप खेलकुद