नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

प्रिमियर लिगमा लिड्सले न्यूक्यासललाई ४–१ गोलले हरायो

काठमाण्डौ – ईंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्यूक्यासल युनाइटेडलाई ४–१ ले पराजित गरेको छ ।

घरेलु मैदान इल्यान्ड रोडमा आज बिहान भएको खेलमा लिड्सले न्यूक्यासललाई सहजै हराएको हो ।

लिड्सले एक गोल उपहार पाएको थियो । न्यूक्यासलका लुइस माइलीले खेलको ३२ औं मिनेटमा आफ्नै पोष्टमा गोल गरे । त्यसपछि ३४ औं मिनेटमा जेडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए ।

डोमिनिक काल्भर्ट–लेविनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले ३ गोलको अग्रता बनायो । दोस्रो हाफमा नोआ ओकाफोरले अर्को गोल थपे । न्यूक्यासलका बाजुमाना टुरेले ९०औं मिनेटमा सान्त्वना गोल फर्काए ।

यो जितसँगै लिड्स लिगमा अपराजित रहँदै ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्सनल र दोस्रोमा रहेको म्यानचेस्टर सिटीको समान १२ अंक छ । न्यूक्यासल १२औं स्थानमा छ ।

प्रकाशित मिति:
थप खेलकुद