नेभिगेशन
बिहीबार, असोज १, २०८३

श्रवण मुकारुङको ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, धरावासीलाई साधना सम्मान

काठमाण्डौ – खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अनुसार २०८२ मा प्रकाशित उत्कृष्ट कृतिमध्ये ‘सलह’ पुरस्कारका लागि छनोट भएको हो । प्रतिष्ठानमा प्राप्त ११२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीमा रहेका पाँच कृतिमध्येबाट मूल्याङ्कन समितिले ‘सलह’ छनोट गरेको हो ।

‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले उजागर गरेको छ । यसैगरी, पद्मश्री साधना सम्मान–२०८२ स्रष्टा कृष्ण धरावासीलाई प्रदान गरिएको छ ।

पद्मश्री गौरव पुरस्कार–२०८२ प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय भएको छ । यी तीन वटै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ ।

padhma-shree-1-1789618819.jpg

प्रकाशित मिति:
थप कला