नेभिगेशन
आइतबार, असोज ४, २०८३

हुम्लाको छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

काठमाण्डौ – कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

हिजो पहिरोसँगै ढुङ्गा खसेपछि झण्डै सय मिटर सडक अवरुद्ध हुँदा गाडी आवागमन बन्द भएको छ ।  पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा गाडीहरु बीच बाटोमै रोकिएका छन् ।

सडकमा ठूलाठूला ढुङ्गा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ । जिल्ला सदरमुकाम सिमकोटमा हिजो सञ्चालन हुने भनिएको स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले बताउनुभयो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक खुलाउन पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार सडकमा ठूला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन ।

सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम शुरु गर्ने तयारी गरिएको बताउनुभयो । 

प्रकाशित मिति:
थप समाज