नेभिगेशन
सोमबार, असोज ५, २०८३

एमालेमा नेतृत्व पुनर्गठनको प्रस्ताव अध्यक्ष ओलीबाट अस्वीकार (पूर्ण पाठ सहित)

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ ।

आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले आफूलाई विस्थापित गर्ने मनसायले पुनर्गठनको नारा उचालिएको दावी गर्नुभयो ।

नेतृत्व हस्तान्तरण कुनै रहर वा लहडको विषय नभएको उल्लेख गर्दै उहाँले असहज र असामान्य परिस्थितिमा मात्र पुनर्गठन हुने तर्क गर्नुभयो । केही नेताहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले ईर्ष्या, हतारो, दावी वा महत्वाकांक्षाले नेतृत्व तयार नहुने बताउनुभयो ।

आफू हस्तान्तरण रोक्न नभई विधिविहीन र लुछाचुँडी रोक्न उभिएको उहाँको दावी छ । प्रतिवेदनमा अध्यक्ष ओलीले रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको व्याख्या गर्दै उमेर कम हुँदैमा योग्यता र बढी हुँदैमा अयोग्यता नहुने दावी गर्नुभयो ।

उहाँले पार्टीको इतिहास र विचारलाई कमजोर बनाएर नभई विधि, तयारी, प्रशिक्षण र संगठनात्मक अनुशासनका आधारमा मात्र नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले एमालेलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सफल हुन नदिने भन्दै अब पार्टीलाई पुनर्निर्माण र पुनर्जागरणको ठोस कार्यक्रमसहित अघि बढाउने दावी गर्नुभएको छ । 

प्रकाशित मिति:
थप राजनीति