नेभिगेशन
शुक्रबार, असोज ९, २०८३

प्रस्तावित  राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरु

संसदीय सुनुवाई समितिले सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेका प्रस्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरु राजदुतहरूको सुनुवाई प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ ।

आज बसेको समितिको बैठकले प्रश्तावित राजदुतहरूको योग्यता, कार्ययोजना र उनीहरूविरुद्ध आउन सक्ने उजुरीलाई आधार बनाएर सुनुवाई प्रक्रियालाई दशैँअगावै सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको हो ।

समितिका सभापति वोधनारायण श्रेष्ठकाअनुसार सुनुवाई प्रक्रियालाई प्रभावकारी र छिटो बनाउन तीनवटा समानान्तर आधारहरूमा काम गरिनेछ । जसमा प्रस्तावित राजदुतहरूको शैक्षिक योग्यता र बायोडाटा, उनीहरूले प्रस्तुत गर्ने कार्ययोजना र नागरिक तहबाट प्राप्त हुने उजुरीहरू समावेश छन् ।

समितिले यी विषयहरूको अध्ययन कार्यलाई तिब्रता दिएको छ । 

प्रकाशित मिति:
थप राजनीति