नेभिगेशन
शनिबार, असोज १०, २०८३

एशियाली खेलकुदको क्रिकेटमा नेपाल र जापानको खेल वर्षाका कारण ढिलाइ

जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले आज आयोजक जापानसँग खेल्दैछ । आइचीमा रहेको कोरोगी स्पोट्र्स पार्कमा अहिले बिहान पौने ६ बजेदेखि शुरु हुनुपर्ने खेल वर्षाका कारण ढिला भएको छ ।

यसअघि हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै विजयी शुरुआत गरेको छ । अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल र अफगानिस्तानबीच १२ वर्षपछि भेट हुँदा नेपाल विजयी भयो ।

सन् २०१४ मा दक्षिण कोरियाको इनचोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो । अफगानिस्तानले अस्ति पहिलो खेलमा जापानलाई ४८ रनले हराएको थियो ।

समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान रहेका छन् । समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलमा पुग्ने टोलीले भारत वा श्रीलङ्कामध्ये एक टोलीसँग खेल्नेछ ।

एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो । नेपाल अहिलेसम्म क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।

प्रकाशित मिति:
थप खेलकुद