नेभिगेशन
शनिबार, असोज १७, २०८३

पछिल्लो १२ घण्टामा लमजुङको फलेनीमा ८० मिलिमिटर वर्षा मापन

काठमाण्डौ – गएराति लमजुङ, तनहुँसहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । लमजुङको फलेनी वर्षामापन केन्द्रमा पछिल्लो १२ घण्टामा ८० मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै चितवनको काली खोला त्रिशुली जलमापन केन्द्रमा पनि ४५.४ मिलिमिटर वर्षा भएको छ । कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको हो ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराईका एक/दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज