नेभिगेशन
शनिबार, असोज १७, २०८३

फ्रान्समा विद्यार्थीको आन्दोलन चर्कियो, ५६० भन्दा धेरै विद्यालय प्रभावित

फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किएको छ । विभिन्न विद्यालयका विद्यार्थीले हिजो विद्यालय परिसरबाहिर आगजनी गरेका छन् । त्यसक्रममा प्रहरीसँग झडप समेत भएको छ ।

अघिल्लो हप्तादेखि शुरु भएको विद्यार्थीको आन्दोलनका कारण देशभरका ५६० भन्दा धेरै उच्च माध्यमिक विद्यालयमा पढाइ प्रभावित भएको त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ । पेरिस क्षेत्रबाट शुरु भएको आन्दोलन केही दिनमै देशभर फैलिएको हो ।

विद्यार्थीहरूले लामो कक्षासमय, अपर्याप्त भौतिक सुविधा, अत्यधिक गर्मी भएका कक्षाकोठा तथा शिक्षक र पाठ्यपुस्तकको अभावलगायतका समस्या उठाएका समाचार संस्था एएफपीले जनाएको छ ।

सरकारले विद्यार्थीले उठाएका केही माग जायज रहेको स्वीकार गरे पनि आन्दोलनका क्रममा भएका घटनाको आलोचना गरेको छ । 

प्रकाशित मिति:
थप विश्व