नेभिगेशन
शनिबार, असोज १७, २०८३

दाउन्नेमा बस दुर्घटना : ज्यान गुमाएका ६ जनाकै पहिचान खुल्याे

काठमाण्डाै – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार १८ जना यात्रु लिएर नेपालगञ्जबाट काठमाण्डाैतर्फ गुडिरहेको बस बिहान विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्नेमा रहेको एसमोडमा पल्टिएको थियो ।

दुर्घटनामा परेर बसका चालक बाँकेको खजुरा गाउँपालिका–२ का सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का दीपेन्द्र केसी, कोहलपुर–१० का एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका–७ का कृष कनौजिया, जाजरकोटको भेरिगङ्गा नगरपालिका–३ का निर्जुङ गुरुङ र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका नरेन्द्रराज गिरीको ज्यान गएको हो ।

दुर्घटनामा परेर घाइते भएका १२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक उपचारपछि ८ जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएकाे छ ।

प्रकाशित मिति:
थप समाज