नेभिगेशन
सोमबार, असोज १९, २०८३

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले हिजो नेपाली टोलीलाई बिदाइ गर्‍याे । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले खेलाडीलाई शुभकामना दिँदै बिदाइ गरे ।

क्यानका सचिव पारस खड्काले शृङ्खला नेपालका लागि निकै महत्वपूर्ण रहेको भन्दै उत्कृष्ट खेलेर जित निकाल्न शुभकामना दिनुभयो । कप्तान सन्दीप लामिछानेले टोलीको तयारी राम्रो रहेको र खेलाडीहरू लयमा रहेको बताउनुभयो ।

ओमान पुगेपछि नेपाली टोलीले तयारीसँगै एउटा अभ्यास खेल समेत खेल्नेछ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ ।

यो श्रृङ्खलाअन्तर्गत  नेपालले यही असोज २५ गते क्यानडासँग, असोज २७ गते ओमानसँग, असोज ३१ गते क्यानडासँग तथा कात्तिक २ गते ओमानसँग खेल्नेछ । 

प्रकाशित मिति:
थप खेलकुद