नेभिगेशन
सोमबार, असोज १९, २०८३

२०औँ एशियाली खेलकुद सम्पन्न, नेपाल २ कांस्य पदकमै सीमित

काठमाण्डौ – जापानमा आयोजित २०औँ एशियाली खेलकुद हिजो सम्पन्न भएको छ ।

नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै १६ दिन चलेको एसियाड औपचारिक रूपमा सकिएको हो ।

समापन समारोहमा एसियाली खेलकुद परिषद्को झन्डा आगामी आयोजक कतारलाई हस्तान्तरण गरिएको छ । आइची–नागोया एसियाडमा एसियाका ४५ देशका १० हजारभन्दा बढी खेलाडीले ४३ खेलका ४ सय ६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

खेलाडी, प्रशिक्षक तथा अफिसियल गरी १७ हजारभन्दा बढी सहभागी रहेको आयोजकले जनाएको छ । पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो । चीनले १ सय ६९ स्वर्ण, ८९ रजत र ८३ कांस्यसहित कुल ३ सय ४१ पदक जित्यो ।

आयोजक जापान ८३ स्वर्णसहित दोस्रो तथा दक्षिण कोरिया ३९ स्वर्णसहित तेस्रो स्थानमा रहे । भारत २१ स्वर्णसहित चौथो स्थानमा रह्यो । नेपालले भने २०औँ एसियाडमा दुईवटा कांस्य पदक जित्यो ।

करातेका तेन्जिङ शेर्पाले नेपाललाई व्यक्तिगततर्फ कांस्य पदक दिलाए भने नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एसियाडमा कांस्य पदक जितेको छ । नेपालले यसपटक २१ खेलमा १ सय ३५ खेलाडी सहभागी गराएको थियो ।

अब २१औँ एसियाली खेलकुद सन् २०३० मा कतारको राजधानी दोहामा हुनेछ । 

प्रकाशित मिति:
थप खेलकुद