नेभिगेशन
सोमबार, असोज १९, २०८३

ट्रम्पको आर्थिक सहायता कार्यक्रममा विपक्षी दलहरूको विरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रभावित गर्ने उद्देश्यले आर्थिक सहायता कार्यक्रम ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन् ।

अमेरिकामा एक महिनापछि हुने मध्यावधि चुनावको पूर्वसन्ध्यामा ट्रम्पले मेडिकेयरमा आबद्ध २ करोडभन्दा बढी ज्येष्ठ नागरिकलाई प्रिमियम खर्च घटाउन एकमुष्ठ ९० डलर सहयोग दिने घोषणा गर्नुभएको हो ।

ट्रम्पको घोषणाले चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको विपक्षीहरूको आरोप छ । उनीहरूले चुनावको मुखमा गरिएको यस्तो आर्थिक सहायता घोषणा राजनीतिक लाभ लिन खोजिएको प्रयास भएको दाबी गरेका रोयटर्सले जनाएको छ ।

ट्रम्पले यो रकम मेडिकेयर सुधार कोषमार्फत उपलब्ध गराउने बताउनुभएको छ । ह्वाइट हाउसले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको विवरणअनुसार अधिकांश योग्य ज्येष्ठ नागरिकले अक्टोबरको सुरुवातमै ९० डलर सोझै आफ्नो बैंक खातामा प्राप्त गर्नेछन् ।

इन्धनको मूल्यवृद्धि र न्यून जनसमर्थनको सामना गरिरहेका ट्रम्पले यसअघि पनि स्वास्थ्य बीमा शुल्क फिर्ता गर्ने तथा वयस्क नागरिकलाई ५ हजार डलरसम्म दिने जस्ता आर्थिक सहायता कार्यक्रम घोषणा गरिसक्नुभएको छ ।

अमेरिकामा आउँदो नोभेम्बरमा अमेरिकामा मध्यावधि चुनाव हुँदैछ ।
 

प्रकाशित मिति:
थप विश्व