नेभिगेशन
सोमबार, असोज १९, २०८३

‘स्लो ओभर–रेट’ का लागि भारत र वेस्ट इन्डिजलाई जरिवाना

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘स्लो ओभर–रेट’ का लागि भारत र वेस्ट इन्डिजलाई जरिवाना तिराएको छ ।

शनिवार न्यु चण्डीगढमा भएको खेलमा आईसीसीले भारतका खेलाडीलाई म्याच फीको २० प्रतिशत र वेस्ट इन्डिजका खेलाडीलाई १० प्रतिशत जरिवाना गरेको हो ।

भारत निर्धारित समयभन्दा चार ओभर र वेस्ट इन्डिज दुई ओभर पछाडि रहेको पाइएको छ ।

तीन खेलको एकदिवसीय शृङ्खला भारतले २–१ ले जितेको थियो । भारतले पहिलो र दोस्रो खेलमा समान ८ विकेटले जितेको थियो । वेस्ट इन्डिजले तेस्रो खेल ५ विकेटले जित्दै ‘क्लिन स्वीप’ हुनबाट जोगिएको थियो ।

अब भारत र वेस्ट इन्डिजबीच भोलिदेखि ५ खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला शुरू हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद