नेभिगेशन
सोमबार, असोज १९, २०८३

देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बनाउने निर्णय

काठमाण्डाै – सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण गर्ने भएको छ ।

यो काम अघि बढाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

आज सिंहदरबारमा आयोजित मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यो परियोजनाले देशको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । मन्त्रालय र राखेपबीच भएको यस समझदारीले लामो समयदेखि थन्किएका खेलकुद आयोजनालाई गति दिने अपेक्षा छ ।

मन्त्री पोखरेलले देशभरका सबै रङ्गशालाको स्तरोन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि २७ वटा महत्त्वपूर्ण आयोजनाबाट थालनी गर्नु सकारात्मक कदम भएको उल्लेख गर्नुभयो ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप खेलकुद