नेभिगेशन
मंगलबार, असोज २०, २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिको चुनाव हुने पद, समूह र सङ्ख्या (सूचीसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको विधान, निर्वाचन निर्देशिका–२०८३ तथा १५औँ महाधिवेशनको बन्दसत्रबाट स्वीकृत पदअनुसार केन्द्रीय कार्यसमितिका पद, समूह र सङ्ख्या निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन हुने पदमा सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४, महामन्त्री ३, सहमहामन्त्री ११ तथा विभिन्न समूह र क्षेत्रबाट केन्द्रीय सदस्यका पद रहेका छन् ।

सभापतिले मनोनीत गर्ने सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता तथा अन्य मनोनीत सदस्य भने निर्वाचनबाट चयन हुने छैनन् ।

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि, मतदाता तथा सम्बन्धित सरोकारवालालाई निर्वाचन हुने पद, समूह र सङ्ख्याबारे जानकारी गराएको छ । कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ ।

कांग्रेसको १५औँ महाधिवेशन अस्ति आइतबारदेखि काठमाण्डौको खुलामञ्चमा चलिरहेको छ ।

कार्यसमितिको सूची यसप्रकार छ–

NC-1-1791252557.jpg
NC-2-1791252557.jpg
NC-3-1791252558.jpg
NC-4-1791252558.jpg
 

प्रकाशित मिति:
थप राजनीति