नेभिगेशन
मंगलबार, असोज २०, २०८३

युइएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमलाई ४–१ गोलले हरायो

काठमाण्डौ – युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा फ्रान्सले पुनरागमन जित निकालेको छ ।

बेल्जियम ४–१ गोलले पराजित भयो । बेल्जियमले खेलको ३५औँ मिनेटमा डोडी लुकबाकियोको गोलबाट अग्रता बनाएको थियो । तर फ्रान्सले ७७औँ मिनेटमा डेजिरे डुएको गोलबाट बराबरी गर्‍यो ।

त्यसपछि रायन चेरकीले ८१औँ मिनेटमा गोल थपे । त्यस्तै माइकल ओलिसेले ८८औँ मिनेटमा र इन्जुरी समयमा पुनः गोल थप्दै फ्रान्सको ४–१ को जित सुनिश्चित गरे ।

जितसँगै फ्रान्स चार खेलबाट १० अंकसहित समूह ए को शीर्ष स्थानमा छ । बेल्जियम ६ अंकसहित तेस्रो स्थानमा छ । अर्को खेलमा इटालीले टर्कीलाई ३–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति:
थप खेलकुद