नेभिगेशन
मंगलबार, असोज २०, २०८३

बाढीले झोलुङ्गे पुलमा क्षति गरेपछि आवतजावतमा समस्या

काठमाण्डौ – गएको असोज ९, १० र ११ गते कालिगण्डकी नदीमा आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका–१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि आवतजावतमा समस्या भएको छ ।

पुलमा क्षति भएपछि करूवाटार, बटौलिटारलगायत क्षेत्रका स्थानीयबासिन्दालाई नदी वारपार गर्न समस्या भएको हो । झोलुङ्गे पुल अवरुद्ध हुँदा सबैभन्दा धेरै असर विद्यार्थीलाई परेको छ ।

करूवाटार र बटौलिटार क्षेत्रबाट नदी पारी रहेको बौदीकाली–१ मचेडी धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने १५ देखि २० जना विद्यार्थी विद्यालय जान पाएका छैनन् ।

कालिगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष भीमबहादुर कुमालले बताउनुभयो । 

प्रकाशित मिति:
थप समाज