नेभिगेशन
मंगलबार, असोज २०, २०८३

चितवनका उद्योगी व्यवसायीद्वारा जोखिमयुक्त नारायणगढ बजार जोगाउन माग

काठमाण्डौ – चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आग्रह गरेका छन् ।

नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सभापति लामिछानेलाई भेटेर नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न माग गरेका हुन् ।

टोलीले चितवन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य समेत रहेका सभापति लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनुभयो ।

व्यवसायीको आग्रहपछि सभापति लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययनपछि प्रभावकारी तटबन्धन निर्माण र नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

सभापति लामिछानेले छिट्टै टोली पठाएर अध्ययन गरी काम अघि बढाउने आश्वासन दिएको पनि अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।     

प्रकाशित मिति:
थप राजनीति