नेभिगेशन
बुधबार, असोज २१, २०८३

सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश

काठमाण्डाै – सर्वोच्च अदालतमा चार जना न्यायाधीश सिफारिश भएका छन् । आज बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्तिका लागि चार जनाकाे नाम सिफारिश गरेकाे हाे ।

बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सिफारिश गरेको हो । अब संसदीय सुनुवाइपछि उनीहरू नियुक्त हुनेछन् ।

प्रकाशित मिति:
थप राजनीति