नेभिगेशन
बुधबार, असोज २१, २०८३

कांग्रेस सभापतिमा गगन थापाकाे उम्मेदवारी

काठमाण्डाै – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

थापाले केहीबेरअघि राष्ट्रियसभा गृहमा पुगेर सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले बेलुका ६ बजेर ५ मिनेटमा मनोनयन दर्ता गराउनुभयो ।

यसअघि निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय बेलुकी ६ बजेसम्मका लागि तोकेको थियो । तर काठमाण्डाै उपत्यकासहित देशका विभिन्न भागमा भएको अविरल वर्षा र त्यसले आवागमनमा पारेको असरका कारण केही आकाङ्क्षीहरू समयमै पुग्न नसक्ने अवस्था देखिएपछि समितिले समयसीमा १ घण्टा थपेर बेलुकी ७ बजेसम्म पुर्‍याएको थियो ।

यसअघि सभापति पदका लागि कोशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले पनि उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति