नेभिगेशन
बुधबार, असोज २१, २०८३

पहिलो टी–२० खेलमा भारतले वेस्ट इन्डिजलाई ८ विकेटले हरायो

काठमाण्डौ  – पाँच खेलको टी–२० श्रृंखलाअन्तर्गत गएराति भएको पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको छ ।

भारतले श्रृंखलामा १–० को अग्रता बनाएको छ । लखनउमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले १९ ओभर १ बलमा अलआउट हुँदै १७१ रन बनाएको थियो ।

जितका लागि १७२ रनको लक्ष्य पछ्याएको भारतले १४ ओभर ४ बलमा दुई विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस अय्यरले अविजित १०२ रन बनाए । उनले ४३ बलमा शतक पूरा गरेका थिए । इशन किसनले अविजित ३७ रन जोडे ।

पाँच खेलको श्रृंखला अन्तर्गत दोस्रो खेल शुक्रबार हुनेछ । 

प्रकाशित मिति:
थप खेलकुद