नेभिगेशन
बुधबार, असोज २१, २०८३

आज पनि एक/दुई ठाउँमा हावाहुरी र असिनासहित ठूलो पानी पर्ने

काठमाण्डौ – आज पनि एक/दुई ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

हिमाली थोरै ठाउँ र पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ ।

आज चितवनबाट पश्चिमतर्फ कैलालीसम्मका धेरै ठाउँमा हावाहुरीसहितको असिनापानी पर्न सक्ने देखिएको त्रिभुवन विश्वविद्यालय मौसम विभागमा सहप्राध्यापक विनोद पोखरेलले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखो रहन उहाँको आग्रह छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आजदेखि पर्सि शुक्रबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

गएराति बागमती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो । 

प्रकाशित मिति:
थप समाज