नेभिगेशन
बिहीबार, असोज २२, २०८३

विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव

संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलनको मन्त्रीस्तरीय बैठकले चरम मौसमको प्रभाव घटाउन तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्रै राख्न तत्काल प्रतिबद्धता बढाउनुपर्नेमा जोड दिएको छ ।

जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतहले फिजी र टुभालुजस्ता प्रशान्त महासागरीय राष्ट्रहरूमा खतरा निम्त्याएको रोयर्टसको खबरमा उल्लेख  छ ।

अध्ययनअनुसार टुभालुको समुद्री सतह विश्वव्यापी औसतभन्दा दोब्बर गतिले बढेको छ । सन् २०१५ को पेरिस सम्झौताअनुसार विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति भए पनि संयुक्त राष्ट्रसंघले आउँदो केही वर्षभित्रै यो सीमा नाघ्न सक्ने चेतावनी दिएको छ ।

मन्त्रीस्तरीय बैठकमा विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियस नजिक पुग्दा र एल निनोको सामना गर्दा तापक्रमको प्रत्येक अंशले जलवायु परिवर्तनको प्रभावलाई तीव्र बनाउने र जलवायु जोखिममा रहेका समुदायहरूको लागि अपरिवर्तनीय क्षतिको जोखिम बढाउने उल्लेख छ । 

जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतहबाट केही प्रशान्त राष्ट्रहरूले अस्तित्वगत खतराको सामना गरिरहेका छन् । नासाका अनुसन्धानकर्ताहरूका अनुसार सन् २०२३ सम्मको तीन दशकमा टुभालुको समुद्री सतह लगभग १५ सेन्टिमिटरले बढेको छ, जुन विश्वव्यापी औसतभन्दा दोब्बर छिटो छ ।

जलवायु शिखर सम्मेलनले विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति:
थप विश्व