नेभिगेशन
बुधबार, असोज २१, २०८३

हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित

काठमाण्डौ – हुम्लामा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा पानी परेको छ ।  नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोटलगायत जिल्लाको तल्लो क्षेत्रमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ ।

चिसो बढेको छ । कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ ।

उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा थप पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन स्थानीयबासिन्दालाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो ।

प्रकाशित मिति:
थप समाज