नेभिगेशन
बिहीबार, असोज २२, २०८३

आर्सनलका प्रशिक्षक आर्टेटाले सन् २०३० सम्म सम्झौता लम्ब्याए

काठमाण्डाै – इङ्ग्लिश क्लब आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले सन् २०३० सम्म सम्झौता लम्ब्याएका छन् ।

गएको सिजन क्लबलाई २२ वर्षयताकै पहिलो प्रिमियर लिगको उपाधि दिलाएका आर्टेटाले २०३० को जुन महिनासम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका आर्सनलले जानकारी दिएको छ ।

सन् २०१९ मा जिम्मेवारी सम्हालेका आर्टेटाले आर्सनलको प्रशिक्षकका रूपमा आफ्नो पहिलो सिजनमै एफए कप पनि जितेका थिए ।

आर्सनलसँग नयाँ सम्झौता गरेपछि आर्टेटाले यसलाई क्लबको सफलताको शुरआत मात्र भएको बताएका छन् ।

स्पेनी प्रशिक्षक मिकेल आर्टेटाको सम्झौता यस सिजनको अन्त्यमा सकिँदै थियो, अब भने उनको कार्यकाल एक दशकसम्म लम्बिने सम्भावना देखिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति:
थप खेलकुद