नेभिगेशन
बिहीबार, असोज २२, २०८३

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा हिजो बेलुकीसम्म १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ मौज्दाद पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मैज्दात १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ रुपैयाँ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर पुगेको छ । 

प्रकाशित मिति:
थप राजनीति