नेभिगेशन
बिहीबार, असोज २२, २०८३

एमालेकाे सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीकाे पुनरागमन

काठमाण्डाै – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रूपमा नेकपा (एमाले) को सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ ।

ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा आज आयोजित एक समारोहमा पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएकी भण्डारीको कार्यकाल सकिएपछि उहाँको राजनीतिक पुनरागमनलाई चासोका साथ हेरिएको थियो । यस शपथसँगै उहाँ ११ वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्किनुभएको छ ।

शपथ ग्रहणलगत्तै पार्टी कार्यालय च्यासलमा एमाले स्थायी कमिटीको बैठक शुरू भएको छ । वरिष्ठ नेताको हैसियतले पूर्वराष्ट्रपति भण्डारी पनि पहिलो पटक यस बैठकमा सहभागी हुनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको यस बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्यसम्पादन, पार्टीको आन्तरिक रणनीति तथा प्रतिपक्षी दलका रूपमा एमालेद्वारा उठाइनुपर्ने एजेन्डाबारे छलफल भइरहेको छ ।

बैठकको निर्णयसहित पार्टीले आफ्ना धारणा औपचारिक रूपमा शीघ्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति:
थप राजनीति