नेभिगेशन
बिहीबार, असोज २२, २०८३

एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार

काठमाण्डाै – आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको हो ।

अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरीयता सुधार भएको हो । नामिबिया एक स्थान तल झर्दै १७औँ स्थानमा छ ।

नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जितेयता एकदिवसीय क्रिकेट खेलेको छैन । नेपालले फाइनलमा यूएईलाई हराउँदै उपाधि जितेकाे थियाे ।

अब नेपालले लिग–२ शृङ्खलामा आइतवार क्यानडासँग खेल्नेछ । यो शृङ्खलामा घरेलु टोली ओमान, नेपाल र क्यानडा सहभागी छन् ।

एकदिवसीय वरीयतामा भारत शीर्ष, न्युजिल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा यथावत् छन् ।

प्रकाशित मिति:
थप खेलकुद