नेभिगेशन
शुक्रबार, असोज २३, २०८३

बुढानीलकण्ठबाट २१ किलो सुन बरामद

काठमाण्डौ – काठमाण्डौको बुढानीलकण्ठबाट २१ किलो सुन बरामद भएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो ठूलो परिणाममा सुन बरामद गरेको हो ।

प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको छ । बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा रहेको र १० किलो प्रशोधन गर्ने गरी राखिएको अवस्थामा भेटिएको प्रहरी स्रोतको भनाइ छ ।

यसअघि २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पार गरिसकेको अवस्थामा ‘ब्रेक सु’भित्र ६० किलो सुन बरामद भएको थियो ।

नेपालमा बरामद हुने धेरै सुन भारततर्फ तस्करी हुने गरेको छ भने यसमा नेपाली नागरिकलाई भरिया र व्यवस्थापकका रुपमा प्रयोग गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति:
थप समाज