नेभिगेशन
शुक्रबार, असोज २३, २०८३

पोखरामा स्कुल बस दुर्घटना पाँच जनाको ज्यान गयो

काठमाण्डौ – पोखरामा बिहान स्कुल बस दुर्घटना हुँदा चार जना विद्यार्थीसहित पाँच जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–२८ कालीकानमा रहेको ओख्लेको भिरमा कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट झण्डै २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बसमा रहेका १९ जनाकै उद्धार गरी अस्पताल पठाएकोमा उपचारका क्रममा चार जना बालबालिका र एक जना ६५ वर्षीय वृद्धको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय अशिम कँडेल, १५ वर्षीया शुभेक्षा तिवारी,नामथर नखुलेका १५ वर्षीया एक र ६५ वर्षीय बाबुराम तिवारी रहेका छन् ।

घाइतेमध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा र ११ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ  । 

प्रकाशित मिति:
थप समाज