नेभिगेशन
शनिबार, असोज २४, २०८३

भारतीय पाइलट स्मित मच्छारले इजरायलको सर्वोच्च पुरस्कार पाउने

भारतीय पाइलट स्मित मच्छारले इजरायलको सर्वाेच्च नागरिक सम्मान प्राप्त गर्ने हुनुभएकाे छ । इजरायलका राष्ट्रपति इसाक हर्जोगले पाइलट मच्छार पूर्णरूपमा निको भएपछि उहाँलाई ‘प्रेसिडेन्सियल अवार्ड फर सिभिलियन हिरोइज्म’ प्रदान गरिने बताउनुभएको छ ।

भारतीय पाइलट मच्छारले फ्लाई दुबई विमानको ककपिटभित्र ओमानी सह–पाइलटको आक्रमणका बाबजुद बहादुरी प्रदर्शन गरी १७४ यात्रु तथा चालक दलका सदस्यहरूको ज्यान बचाउनुभएको थियो ।

गएको सेप्टेम्बर ३० मा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट इजरायली यात्रु बोकेर इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा पाइलटमाथि सहपाइलटले धारिलो हतियार प्रहार गरी आक्रमण गरेका थिए ।

आक्रमणपछि घाइते क्याप्टेनले ककपिटको ढोका खोल्नुभएको थियो । त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले सहचालकलाई नियन्त्रणमा लिएका थिए ।

३४ हजार फिटको उचाइमा पाइलटहरूबीच हिंसात्मक झडप भएपछि विमान २ मिनेटमै तीव्र गतिमा खसेर १६ हजार ६०० फिटमा झरेको विवरण सार्वजनिक भएका थिए ।

साउदी अरबको आकाशमा दिशा बदलेर झन्डै ७ मिनेटसम्म आपत्कालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको थियो ।

यो घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पाइटल स्मिथ मच्छारको प्रशंसा गर्नुभएको थियो ।

प्रकाशित मिति:
थप विश्व