नेभिगेशन
शुक्रबार, असोज २३, २०८३

बूढानीलकण्ठबाट बरामद सुनको बजार मूल्य साढे ५४ करोड रुपैयाँभन्दा धेरै

काठमाण्डाै – काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भङ्गालमा हिजो बरामद भएको झन्डै २२ किलो सुनको बजार मूल्य साढे ५४ करोड रुपैयाँभन्दा धेरै रहेकाे खुलेकाे छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबाट परीक्षण तथा प्रमाणीकरण गरिएअनुसार सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा बराबर रहेको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो २१ किलो ७५०.६८ ग्राम सुन बरामद भएको विषयमा आज पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा जानकारी गराएको छ ।

सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २७ वर्षीय हान फेई, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन रहेका छन् ।

कार्यालयका अनुसार चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया लेले वीच्याटमार्फत नेपालमा रहेका आफ्ना समूहका चिनियाँ नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँमा पुर्‍याउने निर्देशन दिने गरेका थिए ।

कार्यालयले चिनियाँ नागरिक सु क्यानले मासिक ३ लाख ३० हजार रुपैयाँमा भाडामा लिएकाे घरमा छापा मारेर सुन बरामद गरेको थियो । उनले ४ महिनाका लागि अग्रिम १३ लाख २० हजार रुपैयाँ भुक्तानीसमेत गरेका अनुसन्धानबाट खुलेकाे छ ।

प्रकाशित मिति:
थप समाज