नेभिगेशन
शनिबार, असोज २४, २०८३

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन हुँदै

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन हुँदैछ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा ‘जन परिचालन’ कार्यक्रम आयोजना गर्दै जन्तरमन्तरसम्म मार्च पासको आह्वान गरेको हो । यो समूहले यसअघि जन्तरमन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षामन्त्रीलाई हटाउने अभियानमा सफलता पाएको थियो ।

भारतको निर्वाचन आयोगले मतदाता सूचीको ‘विशेष गहन पुनरावलोकन’ प्रक्रिया अघि बढाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो ।

आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिएको बताएको छ । तर विपक्षी दल तथा आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् ।

प्रदर्शनअघि शहरका प्रमुख सडकमा अवरोधक राखिएको छ र जन्तरमन्तरमा आवागमन रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले ¥याली गर्न अनुमति दिएको छैन ।

प्रकाशित मिति:
थप विश्व