Dashain Banner
Dashain Banner
Dashain Banner
नेभिगेशन
आइतबार, असोज २५, २०८३

बबरमहलको आकाशे पुल निर्माण अन्तिम चरणमा

काठमाण्डौ - काठमाण्डौको व्यस्त बबरमहल क्षेत्रमा निर्माणाधीन नयाँ आकाशे पुल असोज २८ गतेदेखि सञ्चालनमा आउने भएको छ । 

पैदल यात्रुको सुरक्षा र सडक पार गर्न सहज बनाउने उद्देश्यले शुरू गरिएको पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन काठमाण्डौका अनुसार परियोजनाको भौतिक प्रगति ९२ प्रतिशत भइसकेको छ । मुख्य संरचनाको काम सकिएकाले अहिले रेलिङ राख्ने र भर्‍याङ जोड्ने अन्तिम काम भइरहेको छ । 

कुल दुई करोड ५२ लाख ४५ हजारभन्दा बढी लागतमा निर्माण भइरहेको यो पुल सम्झौता अवधिभन्दा निकै अगावै सम्पन्न हुन लागेको हो । सडक डिभिजन काठमाण्डौका प्रमुख सुवोध देवकोटाका अनुसार पुल निर्माणको अन्तिम म्याद २०८३ असोज ३० गतेसम्म रहे पनि आगामी असोज २८ गतेदेखि नै सर्वसाधारणका लागि खुला गर्ने लक्ष्य राखिएको छ । 

बबरमहल क्षेत्रमा सवारीसाधन र पैदल यात्रुको उच्च चापका कारण हुने दुर्घटना न्यूनीकरण गर्न यो पुलले महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिइएको छ । 
 

प्रकाशित मिति:
थप समाज